Kathmandu Press

जनताकाे सम्मान र मतलाई भ्रष्टाचारको धब्बा लाग्न दिँदैनाैं : दोङ

जनताकाे सम्मान र मतलाई भ्रष्टाचारको धब्बा लाग्न दिँदैनाैं : दोङ

काभ्रे, कात्तिक १२ : काभ्रे १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उम्मेदवार सुर्यमान दोङले यो निर्वाचन संविधान मास्ने र बचाउने बीचको लडाई भएकाले संविधानको रक्षाका लागि गठबन्धनको जीत अनिवार्य रहेको बताए ।

नामेबुद्ध ६ धुवाकोट फेदी र ७ काक्रेमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रममा दोङले चुनावपछि काभ्रेको व्यवस्थित र दिगो विकासको युग सुरु हुने बताए ।

उक्त कार्यक्रममा दोङले मतदाताहरूले दिएको सम्मान र मतलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न नदिने बताएका छन् । उनले भने,  ‘काभ्रेको समग्र राजनीतिलाई बुझेका र अनुभवी हामी अगाडी आएका छौँ । हामीले अहिलेसम्म कुनै भ्रष्टाचारको धब्बलगाएका छैनौँ र आगमी दिनमा पनि कुनै भ्रष्टाचारको धब्बा लाग्न दिने छैन् ।’

उनले जनताले दिएको मत र उठाएको झण्डालाई इतिहासमै निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरे। मतदाताहरूले दिएको इज्जतलाई कहिल्यै अपहेलना र कलंकित हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

सोही सभामा क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार तिर्थ लामाले विकासको मूल फुटाउनको लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् ।

जनताको आधारभूत आवश्यकताका आयोजनादेखि गौरवको आयोजनाहरू भित्राउनको लागि आफुहरूले उम्मेदवारी दिएको उनको भनाई छ । कहाँबाट कसरी बजेट आउँछ र कहाँको लागि कहाँ पुगेर ल्याउनु पर्छ भन्ने कुरा आफुलाई अनुभव भएकोले विजयी भएपछि विकासको मूल फुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।

306297678_3367640783523711_1751792491103757698_n1667057098.jpg

दाप्चा काक्रे विपी राजमार्ग जोड्ने सडक पिज र स्तरोन्नती गर्ने उनले बताए । आफुहरू निर्वाचित भएपछि छिटै सर्वदलीय बसी विकास बैंक निर्माण गरी काभ्रेको बिकासको लागि लागि पर्ने उनले बताए । काभ्रेको कुन स्थानको लागि कस्तो बिकास आवश्यकता छ छलफल गरी योजना अगाडी बढाउने लामाले बताएका छन् ।

305856840_1124201811566530_601827535953636715_n1667057143.jpg

उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान, अग्रज नेता इन्द्रमणी अधिकारी, नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला सचिव दैवलाल घिसिङलगायत नेपाली कांग्रेस काभ्रेका विभिन्न भातृ संघसंस्थाका सभापति उपसभापतिलगायत उपस्थित थिए।

प्रकाशित मिति: २१:०१ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्