Kathmandu Press

नेकपा बैठकमा राजनीतिक प्रतिवेदन पेश, भोली छलफल हुने 

काठमाडौं, मंसिर २९ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

....
नेकपा बैठकमा राजनीतिक प्रतिवेदन पेश, भोली छलफल हुने 

काठमाडौं, मंसिर २९ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दाहालले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् । बैठकमा सहभागि एक नेताका अनुसार प्रतिवेदनको सुरुमै लामो समयसम्म पार्टीको बैठक बस्न नसकेकोमा आत्मालोचना गरिएको छ । दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा भोलीदेखि छलफल हुने बताइएको छ। बैठक भोली पुन डाकिएको छ। 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, मंसिर २९, २०७६