Kathmandu Press

गौतमबुद्ध विमानस्थलको चौथो पटक म्याद थप्ने तयारी

काठमाडौं, मंसिर २९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थपिने भएको छ। यसका लािग तयारी थालिएको जनाएको छ।<....

गौतमबुद्ध विमानस्थलको चौथो पटक म्याद थप्ने तयारी
काठमाडौं प्रेस

काठमाडौं, मंसिर २९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थपिने भएको छ। यसका लािग तयारी थालिएको जनाएको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सुरूआतमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गर्ने बताएका थिए। तर, भ्रमण वर्ष सुरू हुन दुई साता बाँकी रहँदा विमानस्थल निर्माणको म्याद थप्ने तयारी गरिएको छ।

तेस्रो पटक थप गरेको अवधिमा विमानस्थल निर्माण कार्य सम्पन्न नभएपछि पुनः म्याद थप गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक प्रदीप अधिकारीले बताए। यस पटक तीन महिना म्याद थप्ने तयारी गरिएको हो।

Hardik ivf

विमानस्थल निर्माणको म्याद तेस्रो पटक म्याद थप गर्दा २०१९ डिसेम्बर ३० तोकिएको थियो। विमानस्थल निर्माणको कार्य अन्तिम चरणमा पुग्दा तीन महिनाका लागि थप गर्ने तयारी गरिएको हो। तर, कति समय थप गर्ने भन्ने टुंगो लागेको लाग्न बाँकी नै रहेको जनाएको छ।

तेस्रो पटक थपिएको म्यादको समय अझै १५ दिन बाँकी छ। यो समयभित्र कति काम सम्पन्न हुन्छ, त्यही अनुसार म्याद थपको तयारी हुने नागरिक उडड्यन प्राधिकरणका निर्देशक अधिकारीले बताए।

सन् २०१५ जनवरी १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने समय दिइएको थियो। तर, समयमा काम नसकिँएपछि तीन पटक गरि दुई वर्ष म्याद थप भएको थियो।

स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद र भारतीय नाकाबन्दीका कारण ढिला भएको भन्दै पहिलो पटक ६ महिना म्याद थप गरेको थियो। त्यतिवेला, २०१८ जुन १५ सम्म निर्माण सम्पन्न हुने जनाएको थियो।

त्यसपछि दोस्रो पटक एक वर्ष म्याद थपिएको थियो। त्यतिवेला २०१९ जुन २८ सम्म काम सम्पन्न गर्ने म्याद दिइएको थियो।

त्यतिगर्दा पनि काम पूरा नभएपछि पुनः ६ महिना म्याद थपिएको थियो। तेस्रो पटक थपिएको म्याद यहि डिसेम्बर ३० मा सकिँदै छ। क्यानका अनुसार, अहिलेसम्म भौतिक प्रगति ८४ प्रतिशत मात्रै भएको छ।

पटकपटक म्याद थपिएपछि मुख्य लगानीकर्ता एशियाली विकास बैंक रुष्ट बनेको छ। यो विमानस्थल निर्माणका लागि चिनयाँ निर्माण कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। म्याद थपिँदै जादा यसको लागत झण्डै १० अर्ब पुगेको छ।

यसमध्ये ४०.५ प्रतिशत एशियाली विकास बैंकको ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३०.५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकम रहेको छ।

यसको धावनमार्ग तीन हजार मिटर लामो र ४५ मिटर चौडा बनाइसकिएको छ। त्यस्तै, एक हजार नौ सय मिटर लम्बाई र २३ मिटर चौडाईमा ट्याक्सी–वे निर्माण कार्य सम्पन्न भएको छ। अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई वटा पार्किङ–वे पनि निर्माण भएका छन्।

अहिले दुई सिप्टमा करिब दुई सय ५० जना कामदार खटिउका छन्। अझै तीन महिना म्याद थप गरे पनि निर्माण सम्पन्न हुन गाह्रो हुने क्यान पदाधिकारी बताउँछन्।

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, मंसिर २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्