कांग्रेस बैठक छोडेर वरिष्ठ नेता पौडेल हेलिकप्टरमा पाथीभरा
ताप्लेजुङ, मंसिर २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छोडेर वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टरमा पाथीभरा पुगेका छन्।
वरिष्ठ न....
ताप्लेजुङ, मंसिर २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छोडेर वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टरमा पाथीभरा पुगेका छन्।
वरिष्ठ नेता पौडेल आइतबार बिहान हेलिकप्टरमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा पुगेका हुन्। उनी परिवारका सदस्यसहित पाथीभरा पुगेको कांग्रेस ताप्लेजुङका नेताहरुले बताएका छन्।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने माग गर्दै उनले बैठक बहिष्कार गर्दै आएका छन्। उनी बिहीबारको बैठकमा पनि उस्थित भएका थिएनन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलसँग छलफल गरेका थिए। तर, सहमति हुन सकेको थिएन्।
आज पनि बिहानैदेखि कांग्रेस उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि महामन्त्री डा.शशांक कोइरालासँग छलफल गरेका थिए। उनले अन्य नेताहरुसँग पनि छलफल गरेको जनाएको छ।
बिहीबारको बैठकमा कांग्रेस सभापति देउवाले पेश गरेको प्रतिवेदनमाथि आज छलफल हुने जनाएको छ।






