पाँचखालका किसानद्वारा आन्दोलन फिर्ता
आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए।काभ्रेपलाञ्चोक, कात्तिक १२ : जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभ्रेपलाञ्चोकको पाँचखालका किसानले भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए।
उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।
सरकारीस्तरबाट मलको समस्या समाधान गर्ने आश्वासन पाएपछि आज भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम हाललाई फिर्ता लिने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले बताए।
प्रकाशित मिति: १४:५८ बजे, शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१