प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक सुरू
काठमाडौं, मंसिर २९ : नेकपा स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’....
काठमाडौं, मंसिर २९ : नेकपा स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक सुरू भएको हो। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो।
एक वर्ष अघि नेकपा स्थायी कमिटी बैठक बसेको थियो। त्यतिवेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गरेका थिए।
आजको स्थायी कमिटी बैठकमा भने प्रधानमन्त्री ओली उपस्थित भएका छैनन्। उनी यस अघि बालुवाटारमा बसेको सचिवालय बैठकमा उपस्थित भएका थिए।
आजको नेकपा बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै, पार्टी एकीकरण, विधान संशोधन, सीमा विवाद लगायतका विषयमा छलफल हुने जनाएको छ।






