कांग्रेस घोषणापत्र : पाँच वर्षभित्र नेपालमा वनले ढाकेको क्षेत्रफल ४७ प्रतिशत पुर्याउने लक्ष्य
‘जलवायु परिवर्तन र वातावरण संरक्षण’ शीर्षकमा सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्यअनुरुप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ गन, विद्युतीय सवारी साधन र चुलोकोप्रयोग ५० प्रतिशत, जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्ने कांग्रेसले बताएको छ।
काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि जारी गरेको घोषणापत्रमा पाँच वर्षभित्र नेपालमा वनले ढाकेको क्षेत्रफल ४७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। शनिबार सार्वजनिक गरिएको घोषणपत्रमार्फत कांग्रेसले त्यस्तो लक्ष्य लिएको हो।
‘जलवायु परिवर्तन र वातावरण संरक्षण’ शीर्षकमा सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्यअनुरुप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ गन, विद्युतीय सवारी साधन र चुलोकोप्रयोग ५० प्रतिशत, जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्ने कांग्रेसले बताएको छ।
घोषणापत्रमा भनिएको छ, ‘२०० वर्षअघि विधिवत शुरू भएको औद्योगिक क्रान्तिसँगै निरन्तर बढेका आर्थिक गतिविधिका कारण जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरु देखिन थालेका छन्। मनसून चक्रमा फेरबदल तथा चरम तातो र चिसो तापक्रमको प्रवृत्ति सघन हुन थालेको छ। नेपालमै हिमपहिरो जाने, हिमताल बिस्फोट हुने र हिउँ पग्लने क्रम बढ्दो छ। शहरी क्षेत्रमा प्रदुषणका कारण जनस्वास्थ्य खस्कँदो छ। खडेरी, डढेलो र बाढी(पहिरो जस्ता विपद्का कारण जनधन तथा भौतिक संरचनामा क्षति भइरहेको छ।’
अगाडि भनिएको छ, ‘चुरे क्षेत्रमा भएको प्राकृतिक स्रोतको दोहनका कारण पनि तराई(मधेशमा पानीको सतह घटेको छ। जलवायु परिवर्तनको जोखिम घटाउन विश्वव्यापी औसत तापक्रम वृद्धिलाई पूर्व औद्योगिक समयको दाँजोमा दुई डिग्री सेल्सियस भन्दा कम कायम राख्ने सन् २०१५ को पेरिस जलवायु सम्मेलनको लक्ष्य अनुरूप नेपाली कांग्रेसले आर्यन उत्सर्जन र प्रदूषण घटाउने आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकूलनका योजनाहरू बनाउने र विपद व्यवस्थापनलाई उच्च प्राथमिकता दिने छ।’











