३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क गर्ने कांग्रेसकाे प्रतिबद्धता
शनिबार सार्वजनिक गरिएको घोषणपत्रमा विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको पनि जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए पनि सहज पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताइएको छ।
काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि जारी गरेको घोषणापत्रमा तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शनिबार सार्वजनिक गरिएको घोषणपत्रमा विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको पनि जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए पनि सहज पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताइएको छ।
‘गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पुऱ्याउने, स्वास्थ्य बिमालगायत विभिन्न कालखण्डमा आफ्नो सरकारले गरेका प्रयास र उपलब्धिलाई स्मरण गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न नेपालको संविधान, हाम्रो आवश्यकता र अवस्था अनुरूपको जनताकेन्द्रित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्न नेपाली कांग्रेस निम्न सङ्कल्प गर्दछ,’ घोषणपत्रमा भनिएको छ।