साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने कांग्रेसकाे संकल्प
घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना उल्लेख छ।
काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सर्वाजनिक गरेको छ। शनिबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले आगामी पाँच वर्ष साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ।
घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना उल्लेख छ। 'व्यापक रोजगारीका सम्भावना बोकेका क्षत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जनलगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ,’ घोषणापत्रमा भनिएकाे छ।
घोषणपत्रका अनुसार नेपाल श्रमशक्ति सर्वेक्षणले परिभाषित गरेको पछिल्लो आँकडाअनुसार नेपालमा करीव ७० लाखभन्दा वढी जनसंख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आबद्ध छ । सबैभन्दा बढी व्यक्ति संलग्न भएको पाँच क्षेत्रमा पहिलो कृषि (१५ लाख), दोस्रो थोक तथा खुद्रा विक्री (१२ लाख), तेस्रो उत्पादनमूलक उद्योग (११ लाख), चौथो निर्माणमा (१० लाख) र पाँचौं शिक्षा क्षेत्रमा (पाँच लाख) रोजगारी भएको देखिन्छ।
‘नेपालमा वार्षिक ५ लाख हाराहारी जनशक्ति श्रम बजारमा आउर्न गर्छ । तर, २०७७–०७८ मा दर्ता भएका २ सय ३ नयाँ उद्योगले जम्मा ११ हजार ८ सय ३३ रोजगारी मात्र प्रस्तावित गरेका अवस्था छ भने लोकसेवा आयोगका विभिन्न क्षेत्रमा जम्मा ३ हजार ७ सय ५४ जनाको विज्ञापन गरिएको थियो,’ घोषणपत्र उल्लेख छ, ‘यो निराशाजनक अवस्थामा लाखौंको संख्यामा मयाएदित रोजगारी सिर्जना गर्न रचनात्मक पहल चाहिने भएकाकाले नेपाली कांग्रेससले आर्र्थिक क्षेत्रमा विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनला व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनतम ७ प्रतिशतका आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ।'











