Kathmandu Press

कालीकोटको तिलागुफामा बम विस्फोट, दुई बालिकाको मृत्यु, चार घाइते

कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडास्थित कोदोबारीमा भएको बम विस्फोटमा परी दुई बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
कालीकोटको तिलागुफामा बम विस्फोट, दुई बालिकाको मृत्यु, चार घाइते

काठमाडौं, कात्तिक १२ : कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडास्थित कोदोबारीमा भएको बम विस्फोटमा परी दुई बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ४ वर्षीया बालिका झरना थापा र ४ वर्षीया सरस्वती राना रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

घटनामा सोही ठाउँका सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, तीन वर्षीया सपना थापा तथा चार वर्षीया सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरुलाई उपचारका लागि  हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा  नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

घटना आज बिहान ८ बजेको हो। बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए। उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्