Kathmandu Press

कांग्रेसको घोषणापत्र : जनताले दिएका अभिभारा पूरा गर्ने प्रतिज्ञा (पूर्णपाठसहित)

सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने पनि कांग्रेसको प्रतिज्ञा छ।
कांग्रेसको घोषणापत्र : जनताले दिएका अभिभारा पूरा गर्ने प्रतिज्ञा (पूर्णपाठसहित)

काठमाडाैं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सर्वाजनिक गरेको छ। शनिबार सार्वजनिक घोषणापत्र मार्फत कांग्रेसले जनचाले दिएको अभिभारा पुरा गर्ने प्रतिज्ञा गरेको छ।

'विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमान्दारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, विधिको शासन र मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति कटिबद्ध छ, प्रतिबद्धता पत्रमा भनिएकोछ', 'संविधानको मर्म बमोजिम सरकारलाई संसदप्रति जवाफदेही बनाउदै संसदभित्रबाटै विकल्प भएसम्म दलहरू भित्र हुनसक्ने द्वन्द्व वा संसदमा उत्पन्न हुनसक्ने गतिरोध वा अरु कुनै वहानामा संसद अवरुद्ध हुन नदिई संसदलाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ।'

कांग्रेसले दलभित्र वा दलहरुको विवादका कारण प्रतिनिधिसभा विघटन नगर्ने उल्लेख छ । कांग्रेसले भनेकाे छ,'दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं।’

सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन नगर्ने र गर्न पनि नदिने प्रतिज्ञा कांग्रेसले गरेको छ।

यस्तै, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने पनि कांग्रेसको प्रतिज्ञा छ।

कानुनको सीमाभन्दा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने घोषणा पत्रमा उल्लेख छ। कांग्रेसले सार्वजनिक संस्थालाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने पनि प्रतिज्ञा गरेको छ।

यस्ताे छ घाेषणापत्रकाे पूर्णपाठ

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्