Kathmandu Press

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको थियो। घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।
कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

कांग्रेसले  मंसिर ४मा हुने 'प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता' नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टी कार्यालय सानेपामा शनिबार आयोजित एक कार्यक्रमबीच सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरे।

कांग्रेसले घोषणापत्रमा आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख छ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको थियो। घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो ।

घोषणा लेखन समितिमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.स्वर्णिम वाग्ले, डा। गोविन्द पोखरेल, शिक्षााविद् डा। कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत नेताहरु थिए।

प्रकाशित मिति: ११:१७ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्