कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै

काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेसले चुनावी घोषणा पत्र सर्वाजनिक गर्न लागेको हो।
घोषणा पत्र केन्द्रीय पार्टी कार्यालय सानेपमा एक कार्यक्रमबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नेछन्।
यसअघि तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने सभापति देउवाको व्यस्तताले गर्दा घोषणा पत्र सार्वजनिक गर्न सकिएको थिएन्।
प्रकाशित मिति: १०:४४ बजे, शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











