Kathmandu Press

महोत्तरीको पररिया घटना : गृहद्वारा ५ सदस्यीय छानविन समिति गठन

गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। छानविन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।
महोत्तरीको पररिया घटना : गृहद्वारा ५ सदस्यीय छानविन समिति गठन

महोत्तरी, कात्तिक १२ : महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् ।

मन्त्रालयले छानविन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ।

कात्तिक १० गते भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा १७ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले ८ बुँदे सहमति पछि अनिश्चितकालीन कर्फ्यु १८ घण्टापछि शुक्रबार राति १० बजेदेखि हटेको थियो।

Home-ministry-press-realese1667010474.jpg

प्रकाशित मिति: ०८:११ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्