पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागकाअनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
काठमाडौं, कात्तिक १२ : पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्ते, प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री र अधिकमत तापक्रम २४.५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको छ ।











