Kathmandu Press

घाइते भन्छन्, ‘ब्रेक फेल हुँदा घुम्तीबाट तल खस्यो’

सिन्धुपाल्चोक, मंसिर २९ : सिन्धुपाल्चोक बस दुर्घटनामा घाइते भएका तीर्थयात्रीले ‘ब्रेक फेल’ हुँदा बस घुम्तीबाट तल खसेकाे बताएका छन्।

....
घाइते भन्छन्, ‘ब्रेक फेल हुँदा घुम्तीबाट तल खस्यो’

सिन्धुपाल्चोक, मंसिर २९ : सिन्धुपाल्चोक बस दुर्घटनामा घाइते भएका तीर्थयात्रीले ‘ब्रेक फेल’ हुँदा बस घुम्तीबाट तल खसेकाे बताएका छन्।

आज बिहान दोलखाको कालीञ्चोक मन्दिर पुगेर फर्केका तीर्थयात्री चढेको बस लामोसाँघु जिरी सडकखण्डअन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छकिलो नजिकै आज ८ बजे दुर्घटना भएको थियो। बा२ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, १३ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएका १४ मध्ये एक जनाको मात्रै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाको भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ।

घाइतेहरुका अनुसार, ब्रेक फेल भएपछि घुम्तीमा बस खसेको हो। घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको बताए। ‘ब्रेक फेल हुँदा घुम्तीमा मोड्न सकेन, र तल खस्यो,’ उनले भने।

बस दुर्घटनामा घाइतेको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, मंसिर २९, २०७६