महोत्तरी घटनाकाे छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडाैं, कात्तिक ११ : गृह मन्त्रालयले महोत्तरीमा भएको दुई पक्षीय झडपको छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएकाे हाे।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार समितिमा सहसचिव पोखरेलसहित नेपाल प्रहरीका डिआइजी उमेशराज जोशी, सशस्त्र प्रहरी बलका डिआइजी किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।
बिहीबार भंगाहा नगरपालिका-८ मा छठ पर्वको अवसरमा कलश यात्राको आयोजना गरिएको थियो। कलश यात्राको समयमा हिन्दु सम्राट समूह र मुस्लिम समुदायबीच झडप भएको थियो।
झडपमा एक दर्जन बढी घाइते समेत भएका थिए। प्रहरीले पनि ३२ राउन्ड बढी हवाइ फायर गरेको थियो।
प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











