Kathmandu Press

एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

सुरूङ्गा, कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर  ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन। एमाले र राप्रपाले  भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए।

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई  जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्ल आग्रह गरे। यता  राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई निर्वाचनमा जिताउन आग्रह गरे।

प्रकाशित मिति: १९:२६ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्