Kathmandu Press

रानीपाेखरीमा छठ मनाउन नपाइने

रानीपाेखरीमा छठ मनाउन नपाइने

काठमाडाैं, कात्तिक ११ : पुनर्निर्माणका क्रममा रहेकाे काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ ।

रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना महानगरलाई हस्तान्तरण नभइसकेकोले छठ मनाउनमा राेक लगाइएकाे हाे।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार तीन चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीकाे तेस्रो चरणकाे काम भइरहेकाे छ। छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको उनले बताए।

उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।

रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको आलोचना गर्दै आएको छ।

तर प्रवक्ता मानन्धरले रानी पोखरीमा छठ मनाउन भनेर नै मेयर बालेन साहसहितको बैठक बसेको र तयारी पनि गरिएको तर प्राविधिक समस्या देखिएकोे रानीपोखरी खुल्ला नगर्ने निर्णय गर्नु परेको बताए।

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्