कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने भएको छ।
सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











