नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केहीबेर उपस्थित
काठमाडौं, मंसिर २९ : नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर मात्रै उपस्थित भएका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाट....
काठमाडौं, मंसिर २९ : नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर मात्रै उपस्थित भएका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन्। उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।
बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली केहीबेर बैठकमा उपस्थित भएको बताए। ‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे जानकारी दिनुभयो,’ श्रेष्ठले भने, ‘तिव्रगतिमा स्वास्थ्य सुधार भइरहेको बताउनुभयो।’
आज मध्याह्न १ बजे नेकपा स्थायी कमिटी बैठक बस्दै छ। त्यसका एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बसेको थियो। बैठकले स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको प्रवक्ता श्रेष्ठले बताए।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यस्तै, नेकपा विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायतका विषयमा छलफल हुने जनाएको छ।






