Kathmandu Press

साझा उम्मेदवारलाई जिताउन गठबन्धनको अपिल (विज्ञप्तिसहित) 

गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।
साझा उम्मेदवारलाई जिताउन गठबन्धनको अपिल (विज्ञप्तिसहित) 

काठमाडौं, कात्तिक ११ : सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।

गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ। 

May be an image of ‎text that says '‎मिति: २०७९/०७/११ प्रेस विज्सि आगामी मंसिर ا गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछ्ौ। साथै केही स्थानहरुमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिवद्दता व्यक्त गर्दछौ साथै गठवन्धनका सहमतीका उम्मेदवारहरुको सूचि सार्वजनिक गरिएको छ केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेंगरी तय गरिएको छ ति स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्नें समझदारी भएको छ भरव 보는 해하니구다! शेरवहादुर देउवा पुप्पकमल दाहाल 'प्रचण्ड' माधव कुमार नेपाल प्रधानमन्त्री तथा अध्यक्ष अध्यक्ष सभापति नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र) नेकपा(एकीकृत समाजवादी) 17798582 चित्र बहादूर के.सी अध्यक्ष राष्ट्रिय जनमोर्चा‎'‎

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्