Kathmandu Press

प्रत्यक्ष निर्वाचनमा ‘आधा आकास’ उपेक्षित  

प्रत्यक्ष निर्वाचनमा ‘आधा आकास’ उपेक्षित  

काठमाडौं, कात्तिक ११ : संविधानतः प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित छ । तर प्रमुख राजनीतिक दलले नै प्रत्यक्ष निर्वाचनमा संविधान वमोजिम महिला प्रतिनिधित्वको बिषयलाई बेवास्ता गरेका छन् । 

प्रमुख दलमध्ये एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक जना महिलालाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन् । मुलुकमा मंसिर ४ गतेका लागि निर्वाचन घोषणपछि निर्वाचन आयोगले नै ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने सुझाव दिएको थियो । 

प्रमुख दलका महिला नेतृ र महिला अधिकारकर्मीले पनि एक तिहाई उम्मेदवार माग गर्दै आएका थिए । तर प्रत्यक्ष निर्वाचनमा प्रमुख दलबाटै नगन्य संख्यामा महिला उम्मेदवार चुनावी मैदानमा खडा भएका छन् । 

निर्वाचनमा प्रतिस्पर्धाका लागि मनोनयन गरिएको आयोगको सूची हेर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ सिटमा सबै दलका गरी कुल दुई सय २९ महिला उम्मेदवार छन् । यो संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत मात्र हुन आउँछ । 

काँग्रेस नेतृत्वको सत्ता गठवन्धन र एमाले नेतृत्वको सत्ता इतर गठवन्धनबाट कुल २५ जना महिलाले मात्र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनावमा अवसर पाएका छन् । यसैमा पनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले महिला उम्मेदवार दिन सकेका छैनन् । 

प्रत्यक्षतर्फ दलहरुले एक तिहाई महिला उम्मेदवारको सुनिश्चितता हुने भन्दै गरेका आफ्ना प्रतिबद्धता पुरा गर्न चुकेका छन् । अब संविधान वमोजिम संसदमा महिलाको प्रतिनिधित्व एकतिहाई पु¥याउन प्रुमख दलहरूले समानुपातिक सूचीबाट पूर्णता दिनुपर्ने हुन्छ । समानुपातिकबाट महिला प्रतिनिधित्व पुरा गर्दा अन्य पिछडिएको वर्गलाई असर पर्ने अबस्था छ। 

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्