कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमडाौं, मंसिर २९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउसो बस्न लागेको छ।
सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमि....

काठमडाौं, मंसिर २९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउसो बस्न लागेको छ।
सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न प्रस्ताव पेश गरेका थिए। आज दिउसो १ बजे बस्ने बैठकमा त्यसमाथि छलफल हुने जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी नहुने जनाएको छ। उनी बिहीबारको बैठकमा पनि सहभागी भएका थिएनन्।
उनले आगामी महाधिवेशनको कार्यतालिकमा पनि आउनु पर्ने माग गरेका छन्। कार्यतालिका पेश नभएसम्म बैठकमा नबस्ने उनको अडान छ।
कांग्रेस सभापति देउवाले शनिबार उनीसँग छलफल गरेका थिए। तर, उनी सहमतिमा आएनन्।
आज भने पौडेलबिना पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने जनाएको छ।











