Kathmandu Press

ताप्लेजुङमा आगलागी, १५ लाख बढीको क्षति

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।
ताप्लेजुङमा आगलागी, १५ लाख बढीको क्षति

ताप्लेजुङ, कात्तिक ११ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जानकारी दिए।

क्षतिको यकिन विवरण भने आइसकेको छैन। आगलागीको कारण पनि खुल्न सकेको छैन।

प्रकाशित मिति: ०६:५९ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्