सिन्धुपाल्चोक बस दुर्घटनामा १४ काे मृत्यु, १८ घाइते (अपडेट)
सिन्धुपाल्चोक, मंसिर २९ : आज बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १४ पुगेको छ।
भक्तपुरबाट रिजर्भ गरेर गएको बा ४ ख ४४६८ नम्....
सिन्धुपाल्चोक, मंसिर २९ : आज बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १४ पुगेको छ।
भक्तपुरबाट रिजर्भ गरेर गएको बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोकबाट फर्किँदै गर्दा सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनालले बताए। उनका अनुसार, १४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा १८ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। घाइतेमध्ये केही जना गम्भीर रहेका छन्। उद्धार कार्य जारी रहेको जनाएको छ।
दोलखाको कालिञ्चाक मन्दिरको दर्शन गर्न बस रिजर्भ गरेर लगिएको थियो। मन्दिर दर्शन गरेर फर्किने क्रममा आज बिहान सवा ८ बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ छकिलो भन्ने स्थानमा दुर्घटना भएको हो। बस सडकबाट तल खसेको उनले बताए।
दुर्घटनामा मृत्यु भएका यात्रुको सनाखत हुन सकेको छैन।






