Kathmandu Press

बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (तस्बिरहरु)

वर्षमा एकपटक आजैका दिन (भाइटीकामा) बालगोपालेश्वर मन्दिर खुल्ने गर्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (तस्बिरहरु)

काठमाडौं, कात्तिक १० : आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन भाइटीका। सोही अवसरमा आज काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।

वर्षमा एकपटक आजैका दिन (भाइटीकामा) बालगोपालेश्वर मन्दिर खुल्ने गर्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

आज पनि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुको ठुलो भिड लागेको थियो। टीका लगाइदिएपछि दिदीबहिनीहरूले भाइबहिनीलाई मखमलीको माला लगाई मिष्ठान्न भोजन खुवाएर आदरभाव प्रस्तुत गरे। दाजुभाइहरुले पनि दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे।

Pro_Ktm_Ranipokhari_Tika(2)1666869875.jpg

KB_KTM_E3A9734copy1666869875.jpg

Pro_Ktm_Ranipokhari_Tika21666869874.jpg

Pro_Ktm_Ranipokhari_Tika(3)1666869874.jpg

Pro_Ktm_Ranipokhari_Tika(1)1666869873.jpg

Pro_Ktm_Ranipokhari_Tika11666869873.jpg

KB_KTM-_E3A9720copy1666870025.jpg

KB_KTM-_E3A9717copy1666870076.jpg

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्