Kathmandu Press

सञ्चारमन्त्रीबाट भाइटीका ग्रहण

सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन्।
सञ्चारमन्त्रीबाट भाइटीका ग्रहण

काठमाडौं, कात्तिक १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन्।
 
सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन्।

सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। 

उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा. मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गरेका हुन्।  

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गरे। सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्