सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु
सिन्धुपाल्चोक, मंसिर २९ : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको....
सिन्धुपाल्चोक, मंसिर २९ : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिका–७ स्थित छ किलो मोडमा आइतबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव निरीक्षक (सई) राजेशकुमार दाहालले जानकारी दिए।
बस सडकबाट झण्डै ५०० मिटर तल खसेको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्दारमा प्रहरी र स्थानीयबासी जुटेका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ०९:३१ बजे, आइतबार, मंसिर २९, २०७६
थप समाचार






