Kathmandu Press

तीन दिदीबहिनीबाट ओलीले लगाए भाइटीका

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा शुभसाइतअनुसार ११ बजेर ३७ मिनेट जाँदा उनले दिदीबहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलबाट भाइटीका लगाएका हुन्।
तीन दिदीबहिनीबाट ओलीले लगाए भाइटीका

काठमाडौं, कात्तिक १० : एमाले अध्यक्ष केपी ओलीले तीन दिदीबहिनीका हातबाट भाइटीका थापेका छन्।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा शुभसाइतअनुसार ११ बजेर ३७ मिनेट जाँदा उनले दिदीबहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलबाट भाइटीका लगाएका हुन्।

भाइटीका ग्रहणपछि ओलीले पनि उनीहरुलाई टीका लगाइदिए। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ।

आज दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै छ।

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्