Kathmandu Press

एक वर्षपछि नेकपा स्थायी समिति बैठक आज बस्दै 

काठमाडौं, मंसिर २९ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आइतबार बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन मह....

एक वर्षपछि नेकपा स्थायी समिति बैठक आज बस्दै 

काठमाडौं, मंसिर २९ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आइतबार बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो ।

पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। आज एक वर्षपछि स्थायी कमिटी बैठक बस्न लागेको हो।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको नेकपाले जनाएको छ।

प्रकाशित मिति: ०८:५२ बजे, आइतबार, मंसिर २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्