बार्सिलोना फेरि युरोपा लिगमा
बुधबार राति भएको खेलमा बायर्नसँग पराजित भएपछि बार्सिलोना लगातार दोस्रो पटक युरोपा लिगमा झरेको हो।
काठमाडाैं, कात्तिक १० : स्पेनिस क्लब बार्सिलोना फेरि युरोपा लिगमै फर्किएको छ। बुधबार राति भएको खेलमा बायर्नसँग पराजित भएपछि बार्सिलोना लगातार दोस्रो पटक युरोपा लिगमा झरेको हो।
समूह चरणको पाँचौ खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएसँगै बार्सिलोनाको च्याम्पियन्स लिगको अर्को चरण प्रवेशको संभावना सकिएको हो ।
बायर्नलाई जिताउन साडियो माने, चुपो मोटिङ र बेन्जामिन पभर्डले गोल गरे । समूह चरणका एक खेल खेल्न बाँकी रहँदा बार्सिलोनाको ४ अंक मात्र छ । तेश्रो स्थानमा रहेको बार्सिलोना युरोपा लिगमा ट्रान्सफर भएको छ ।
यो समूहबाट बायर्न म्युनिख र इन्टर मिलान च्याम्पियन्स लिगको अर्को चरणमा पुगेका छन् । इन्टरसँग ४–० ले पराजित हुँदै चेक क्लब भिक्टोरिया पल्जेन चौथो स्थानमा रहँदै घर फर्कने छ ।
प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











