भाइटीकाको उत्तम साइत ११:३७ बजे
भाइटीकाको उत्तम साइत आज बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा भने छैन।
काठमाडाैं, कात्तिक, १० : तिहारको मुख्य दिन आज भाइटीका पर्व मााइँदै छ। नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
भाइटीकाको उत्तम साइत आज बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा भने छैन।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ।
प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











