Kathmandu Press

नेपाल संवतको महत्वलाई उजागर गर्न जरुरी छ : पधानमन्त्री 

नेपाल संवतको महत्वलाई उजागर गर्न जरुरी छ : पधानमन्त्री 

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए। 

प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गर्नुभएको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिए। उनले भने, ‘शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत छैन। नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ।’

प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले न्हूदँको अवसरमा हरेक वर्ष काठमाडौँको वसन्तपुरमा आयोजना गरिने बृहत सांस्कृतिक ¥याली कार्यक्रमबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई प्रचार–प्रसार हुनुका साथै नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्वका विविध पक्षलाई आम नागरिकसमक्ष पु¥याउन गरिएका प्रयास प्रशंसनीय रहेको बताए।

 उनले आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिए। उनले विस २०४६ र २०६२÷६३ को जनआन्दोलनको सफलतासँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात हालका दिनमा यसको प्रयोगले व्यापकता लिँदै गएको बताए। 

प्रधानमन्त्री देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको राष्ट्रियताको भावना, देशप्रेम र उनले नेपाली समाजमा पु¥याएको योगदानको कदर गर्दै नेपाल संवत्को प्रवद्र्धनमा भूमिका खेल्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरे ।

 साथै, उनले साख्वाःको योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पु¥याएर सकारात्मक सन्देशको प्रवाह गर्ने कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थाका उर्जावान प्रतिनिधिलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे। 

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्