Kathmandu Press

रावलले निर्वाचन आयोगलाई व्यंग्य गर्दै भने- ‘शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

आयोगले मंगलबार ‘नो नट अगेन’, ‘नो नट अगेन’, ‘नो नट अगेन’ बन्द गर्न भन्ने सूचना जारी गरेपछि उनले त्यस्तो टिप्पणी गरेका हुन्।
रावलले निर्वाचन आयोगलाई व्यंग्य गर्दै भने- ‘शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

काठमाडौं, कात्तिक ९ : एमाले नेता भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गरेका छन्।

आयोगले मंगलबार ‘नो नट अगेन’, ‘नो नट अगेन’, ‘नो नट अगेन’ नामको फेसबुक पेज बन्द गर्नू भन्दै सूचना जारी गरेपछि उनले त्यस्तो टिप्पणी गरेका हुन्। यो पेजबाट भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले बन्द नगरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी आयोगले दिएको छ।

यस्तो गतिविधि गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवानासहित कैद सजायको चेतावनी दिँदै आयोगले त्यस्ता फेसबुक पेज तथा ग्रुपहरु बन्द गर्न निर्देशनसमेत दिएको छ।

सामाजिक सञ्जालमार्फत नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचनअघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर व्यङ्ग्य गर्दै उनले आयोगलाई प्रश्न गरेका छन्। 

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला?’ उनले आज (बुधबार) ट्विटरमा लेखेका छन्, ‘यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध छ।’

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्