जमैकाकी सुन्दरी सिंहले जितिन् ‘मिस वर्ल्ड २०१९’ को उपाधि
काठमाडौं, मंसिर २९ : बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा जमैकाकी सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड –२०१९’ को उपाधि जिते....

काठमाडौं, मंसिर २९ : बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा जमैकाकी सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड –२०१९’ को उपाधि जितेकी छिन् ।
६९ औं संस्करणको समारोहमा जमैकाकी सुन्दरी १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भइन् । २३ वर्षीया जमैकन सुन्दरीलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो।
यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।
नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।
प्रकाशित मिति: ०७:३७ बजे, आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












