Kathmandu Press

कैलालीका ८ स्थानमा अस्थायी मतदान केन्द्र

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
कैलालीका ८ स्थानमा अस्थायी मतदान केन्द्र

कैलाली, कात्तिक ९: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।

प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को वनदेवि मन्दिर र वडा नं. ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ।

यस्तै गौरीगङ्गा नगरपालिका–६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नंं. ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका–१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ छ भने स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले अस्थायी मतदाताले अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने बताउनुभयो । जिल्लामा स्थायी मतदानस्थल दुई सय ३७ र मतदान केन्द्र छ सय २९ तोकिएका छन्। समानुपातिक मतपत्रका साथै सबै निर्वाचन क्षेत्रमा मतपेटिका पु¥याइसकिएको छ।
   
तयारीको क्रममा सुदूरपश्चिम प्रदेशका कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र पु¥याइसकिएको छ । अछाम र बाजुरामा केही दिनभित्रै यी मतपत्र पु¥याइने छ।
 
प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा (अस्थायी मतदाताबाहेक) १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन्।

पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित बढीमा ११ कर्मचारी खटाउन लागिएको छ।

प्रकाशित मिति: ०९:२९ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्