Kathmandu Press

रियल लेपजिगसँग पराजित, चेल्सी र सेभियाको जित

लेइपजिगकै मैदानमा जासोक गार्भाडिओल, क्रिस्टोफर एनकुकु र टिमो वार्नरले गोल गरे भने रियलका भिनिसियस जुनियर र रोड्रिगोले गोल गरे।
रियल लेपजिगसँग पराजित, चेल्सी र सेभियाको जित

काठमाडाैं, कात्तिक ९ : च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड पराजित भएको छ। मंगलबार राति भएको खेलमा रियल जर्मन क्लब आरबी लेइजिगसँग ३-२ले पराजित भएको हो।

लेइपजिगकै मैदानमा जासोक गार्भाडिओल, क्रिस्टोफर एनकुकु र टिमो वार्नरले गोल गरे भने रियलका भिनिसियस जुनियर र रोड्रिगोले गोल गरे।

१३औं मिनेटमा गार्भाडिओलको गोलमा लेइपजिगले अग्रता लियो। १८औं मिनेटमा एनकुकुले लेइजिगको अग्रता दोब्बर बनाए। ४४ औं मिनेटमा भिनिसियसले गोल गर्दैै रियललाई खेलमा फर्काउन प्रयास गरे।

८१ औं मिनेटमा वार्नरले गोल गरेपछि लेइपजिग जिततर्फ अग्रसर भयो । इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगोले गोल गरेपनि रियलको हार टार्न सकेन।

अर्को स्पेनिस क्लब सेभियाले कोपनहेगनमाथि ३-०को जित निकाल्यो। सेभियाका लागि युसुफ एन नासरी, इस्को र गोन्जालो मोन्टेलले गोल गरे।

यस्तै, इंग्लिस क्लब चेल्सीले आरबी साल्जबर्गमाथि २-१को जित निकाल्यो। जितका चेल्सीका मेटिओ कोभासिस र काइ हाभर्टजले गोल गरे भने साल्जबर्गका जुनियर एमाडोउले गोल गरे।

प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्