Kathmandu Press

राष्ट्रियसभाका अध्यक्ष र बेलायती सभामुखबीच भेट

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।
राष्ट्रियसभाका अध्यक्ष र बेलायती सभामुखबीच भेट

काठमाडौं, कात्तिक ९ : बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेबेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलसँग भेट गरेका छन्।

मंगलबार बेलायती संसद भवनमा भएको भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदानका विषयमा छलफल भएको थियो।

यस्तै, भेटमा भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।

यस्तै सोमबार बेलायतको संसदमा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना ग।रेको दिवाभोजमा पनि तिमिल्सिना सहभागी भए।

प्रकाशित मिति: ०७:३० बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्