नेपाल सम्बत र म्हः पूजा गरिँदै
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।
काठमाडाैं, कात्तिक ९ : नेपाल संवत् ११४३ र म्हः पूजा पनि आजै मनाइँदै छ।
नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्य विभूति शंखधर साख्वाले विसं ९३७मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको हो ।
काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा विशेषरूपमा मनाउने गरिन्छ।
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय परम्परा हो।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।











