Kathmandu Press

कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो ।
कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन

काठमाडौं, कात्तिक ८ : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमिति’ मा  आठ सय १४ सदस्य थप मनोनयन गर्नुभएको पार्टीको कन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्