देशका केही ठाउँमा आज पनि पानी पर्ने सम्भावना
काठमाडौं, मंसिर २९ : देशका विभिन्न ठाउँको मौसम बदली भई मध्य र पूर्वी पहाडी भू–भागमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले ....

काठमाडौं, मंसिर २९ : देशका विभिन्न ठाउँको मौसम बदली भई मध्य र पूर्वी पहाडी भू–भागमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाले आज बिहान तीन दिनको मौसम अपडेट बुलेटी जारी गर्दै उच्च पहाडी भूभागमा हिमपात समेत रहने जनाएको छ । हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको मौसमबिदहरुले जनाएका छन् ।
यस्तै सोमबार र मंगलबार भने देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति: ०७:३० बजे, आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











