Kathmandu Press

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि 

देशभर गरिएको ४४८ पिसिआर परिक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, कात्तिक ८ : नेपालमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४४८ पिसिआर परिक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् । 

हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्