Kathmandu Press

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

काठमाडौं, कात्तिक ८ : सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।
     
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।  

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ। अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्