Kathmandu Press

दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ।
दाङका तीन फर्निचर उद्योगमा आगलागी

घोराही, कात्तिक ८ : दाङको घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ।

प्रहरीका अनुसार न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर  र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको हो। लहरै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ।

Hardik ivf

तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ। गएराति करीब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ।

घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको  दमकलले आगो नियन्त्रण ल्याएको बताए। महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए। घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उनले बताए। आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्