Kathmandu Press

अवरुद्ध सडक २१ दिनपछि खुल्यो

निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्ध भञ्ज्याङ​देखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालनमा आएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबार खुलेको हो।
अवरुद्ध सडक २१ दिनपछि खुल्यो

पाल्पा, कात्तिक ८: निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्ध भञ्ज्याङ​देखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालनमा आएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबार खुलेको हो। 

यो क्षेत्रमा चार\पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो। अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिए।

Hardik ivf

करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहुँदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने अवस्था वर्षौँदेखि रहेको गुनासो स्थानीय चेतन पुलामीको गुनासो छ। 

नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिरोका कारण आनन्दी भञ्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो।

पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडासदस्य प्रताप थापाले बताए। (रासस)

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्