Kathmandu Press

आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण

कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण

काठमाडौं, कात्तिक ८ : कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज दिउँसो ४ः५२ बजे ग्रहण शुरु हुनेछ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

करीब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करीब ६ः४५ बजे छोड्नेछ।

यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ। कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्