Kathmandu Press

शीर्ष नेताको हेलिकोप्टर खर्च निगरानी गर्न अख्तियारलाई निर्वाचन आयोगको पत्र 

आयोगले आज विज्ञप्ति जारी गर्दै कुन प्रयोजनका लागि हेलिकोप्टर प्रयोग भएको हो भन्ने जानकारी दिन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको हो । 
शीर्ष नेताको हेलिकोप्टर खर्च निगरानी गर्न अख्तियारलाई निर्वाचन आयोगको पत्र 

काठमाडौं, कात्तिक ७ : निर्वाचन आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरु समेतले हेलिकोप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ कि पर्दैन भन्ने स्पष्ट पार्न निर्देशन दिएको छ । 

आयोगले आज विज्ञप्ति जारी गर्दै कुन प्रयोजनका लागि हेलिकोप्टर प्रयोग भएको हो भन्ने जानकारी दिन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको हो । 

आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो सो खुलाएर पठाउन र हेलिकोप्टर प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित दलहरुलाई लेखी पठाउने निर्णय पनि गरेको छ । 

आयोगले हेलिकोप्टरलगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्