माला उन्न र बेच्न भ्याइनभ्याइ
लक्ष्मीपूजाको दिन पनि घरपसल सजाउन फूलहरूको खपत निकै हुने गर्छ। कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ।
काठमाडाैं, कात्तिक ७ : तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासँगै दीर्घायुको कामना गर्दै सयपत्री र मखमली फूलको माला लगाइदिने गर्छन्।
लक्ष्मीपूजाको दिन पनि घरपसल सजाउन फूलहरूको खपत निकै हुने गर्छ। कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ।
त्यसकारण तिहार पर्वसँग फूलको सम्बन्ध महत्वपूर्ण छ। पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ भने सयपत्री फूलको भने व्यापक खेती हुँदै आएको छ।
तिहार सुरु भइसकेकाले फूल किसान र व्यवसायीलाई फुल टिप्न, माला उन्न र बिक्री गर्न भयाइनभ्याइ छ।

1666614271.jpeg)

प्रकाशित मिति: १७:५७ बजे, सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार