तालिम केन्द्रमा रहेका कुकुरको पूजा र प्रदर्शनी (तस्बिरहरू)
प्रहरीको 'पप्पी’ कुकुरलाई उत्कृष्ट कुकुर घोषणा गरिएको थियो। हाल नेपाल प्रहरीसँग ८० वटा भन्दा बढी तालिम प्राप्त कुकुरहरु छन्।
काठमाडाैं, कात्तिक ७ : कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा रहेका कुकुरको पूजा गरिएको छ।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धार कार्य लगायतको प्रदर्शनी गरेका थिए।
त्यस्तै प्रहरीको 'पप्पी’ कुकुरलाई उत्कृष्ट कुकुर घोषणा गरिएको थियो। हाल नेपाल प्रहरीसँग ८० वटा भन्दा बढी तालिम प्राप्त कुकुरहरु छन्।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ।







प्रकाशित मिति: १४:०० बजे, सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











